आगामी वर्षको बजेट सीमा १८ खर्ब

हिमाल प्रेस ४ फागुन २०८० ११:२३ | Friday, February 16, 2024
आगामी वर्षको बजेट सीमा १८ खर्ब

काठमाडौँ- आगामी आर्थिक वर्ष २०८१/८२ काे लागि १८ खर्ब बजेट सीमा तोकिएको छ। अर्थ मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री डा.प्रकाशशरण महतले १८ खर्ब बजेट सीमा तोकिएको जनाएका हुन्।

अर्थमन्त्री महतले राष्ट्रिय योजना आयोगको स्रोत समितिले नयाँ बजेटका लागि १८ खर्ब सीमा दिइएको बताए। ‘बजेट सिलिङको विषयमा पनि अर्थ मन्त्रालयले फरक मत राख्यो भन्ने गलत प्रचार भइरहेको छ। यो सत्य होइन। बजेटका लागि मन्त्रालयले तारन्तार छलफल गरिरहेको छ,’अर्थमन्त्री महतले भने।

प्रधानमन्त्रीलाई जानकारी नदिएर बजेट कटौती गरेको भन्ने गलत प्रचार भएको उनको गुनासो छ। उनले प्रधानमन्त्रीसँग अर्थ मन्त्रालयको सम्बन्ध राम्रो भएकाे समेत बताए।

सार्वभौम संसद्ले पारित गरेको बजेट मन्त्रालय र सरकारले कटौती गर्न नमिल्ने भन्दै अर्थमन्त्री महतले राजस्वको लक्ष्य नै परिवर्तन गर्न नहुने बताए।

प्रकाशित: ४ फागुन २०८० ११:२३ | Friday, February 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast