आगलागीमा वृद्धाको मृत्यु

हिमाल प्रेस १७ फागुन २०८० ७:३६ | Thursday, February 29, 2024
आगलागीमा वृद्धाको मृत्यु सांकेतिक तस्बिर।

काठमाडौँ- रोल्पामा एउटा घरमा आगलागी हुँदा एक वृद्धाको जलेर मृत्यु भएको छ।

जिल्लाको माडी गाउँपालिका– ५ चरिकोटस्थित घरमा आगोलागी हुँदा ७५ वर्षीया हरिकला घर्तीको जलेर मृत्यु भएको हो।

ढुंगा, माटोबाट निर्मित जस्ता पाताले छाएको दुईतले घरमा मंगलबार बेलुकीपख आगलागी भएको थियो।

माथिल्लो तलाको कोठामा हरिकलाको शव फेला परेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक राम नारायण गुप्ताले बताए।

घरमा आगलागी भएको सूचनापछि प्रहरी चौकी भावाङबाट प्रहरी घटनास्थल पुगेको थियो।

प्रहरी र स्थानीय मिलेर आगो नियन्त्रणमा लिइसकेपछि माथिल्लो कोठामा हेर्दा हरिकलाको शव जलेको अवस्थामा फेला परेको गुप्ताले जानकारी दिए।

प्रकाशित: १७ फागुन २०८० ७:३६ | Thursday, February 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast