आईसीसी क्रिकेट विश्वकप लिग-२ : नेदरल्यान्ड्सविरुद्ध दोस्रो जितका लागि खेल्दै नेपाल

हिमाल प्रेस १३ फागुन २०८० ७:०१ | Sunday, February 25, 2024
आईसीसी क्रिकेट विश्वकप लिग-२ : नेदरल्यान्ड्सविरुद्ध दोस्रो जितका लागि खेल्दै नेपाल

काठमाडौँ- आईसीसी क्रिकेट विश्वकप लिग-२ मा नेपाल आज नेदरल्यान्ड्ससँग खेल्दैछ।

यसअघिका तीन खेलमध्ये एक खेलमा मात्र जित निकालेको नेपाल आज जितसहित शृंखलाको मैजारो गर्ने लक्ष्यसहित मैदान उत्रिदैछ। खेल नेपाली समय अनुसार बिहान साढे ९ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ।

नेपालले यसअघि पहिलो खेलमा नामिबियासँग चार विकेटको हार बेहोरेको थियो। दोस्रो खेलमा नेदरल्यान्ड्सलाई ९ विकेटले हराएको थियो भने नेपाल तेस्रो खेलमा नामिबियासँग दुई विकेटले हारेको थियो।

नेदरल्यान्ड्सले पनि जारी श्रृंखलाका तीन खेलमध्ये एक खेलमा मात्र जित निकालेको छ। नेदरल्यान्ड्सले नेपालसँग हार ब्योहरे पनि दोस्रो खेलमा नामिबियालाई सात विकेटले हराएको थियो । तेस्रो खेलमा भने नामिबियाविरुद्ध २४ रनले पराजित भएको थियो।

पहिलो शृंखलाका चार खेल खेलिसकेको नामिबिया ६ अंकका साथ लिग-२ तालिकाको शीर्ष स्थानमा छ । समान तीन खेल खेलेका नेपाल र नेदरल्यान्ड्स भने दुई अंकसहित तालिकाको दोस्रो र तेस्रो स्थानमा छन्।

प्रकाशित: १३ फागुन २०८० ७:०१ | Sunday, February 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast