आइतबारदेखि देशभर दादुराविरुद्ध खोप अभियान

हिमाल प्रेस ११ फागुन २०८० ९:५१ | Friday, February 23, 2024
आइतबारदेखि देशभर दादुराविरुद्ध खोप अभियान प्रतिनिधिमूलक तस्बिर

काठमाडौँ- सरकारले दादुरा–रुवेलाको संक्रमणको जोखिमलाई दृष्टिगत आगामी आइतबारदेखि चैत पहिलो हप्तासम्म (फागुन १३ देखि चैत ७ गतेसम्म) जाजरकोट र पश्चिमरुकुमबाहेकका ७५ जिल्लामा खोप अभियान सञ्चालन गर्दैछ।

अभियानअन्तर्गत काठमाडौँ जिल्लाका पाँच लाख ९७ हजार ३०५ जना बालबालिकालाई खोप लगाइने बिहीबार आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ जनस्वास्थ्य प्रशासक डा.भुवन पौडेलले जानकारी दिए। उनकाअनुसार ती बालबालिकालाई एक हजार ६७० केन्द्रबाट खोप लगाइनेछ।

पहिले विद्यालयलाई नै खोप केन्द्र बनाउने र खोपको अन्तिम दिन वडा कार्यालयमा रहेका स्वास्थ्य संस्थामा खोप लगाइने उनले बताए। बिहान १० देखि दिउँसो ४ बजेसम्म खोप अभियान सञ्चालन हुनेछ। उनका अनुसार ५१ जिल्लाका नौ महिनादेखि ६ वर्षसम्मका बालबालिका खोप अभियान सहभागी हुनेछन्।

काठमाडौँ महानगरपालिकामा दुई लाख ५० हजार बालबालिका छन्। काठमाडौँ जिल्लाका १० स्थानीय तहमा शङ्खरापुर, कागेश्वरी मनहरा, गोकर्णेश्वर, दक्षिणकाली, नागार्जुन, टोखा, तारकेश्वर, बूढानीलकण्ठ, चन्द्रागिरि र कीर्तिपुरमा फागुन १३ गतेदेखि र काठमाडौँ महानगरपालिकामा यही फागुन १६ देखि २९ गतेसम्म खोप अभियान सञ्चालन हुनेछ। खोप अभियानमा तीन सय ३२ स्वास्थ्यकर्मी र तीन हजार एकजना स्वयंसेवक परिचालन गरिने छ।

भारतसँग सीमा जोडिएका दादुरा–रुवेलाको अतिसंक्रमित २१ जिल्ला तथा काठमाडौँ उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुर गरी २४ जिल्लामा नौ महिनादेखि १५ वर्षमुनिका र ५१ जिल्लामा नौ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई खोप लगाइने छ।

काठमाडौँ दादुरा–रुवेलाको अतिसंक्रमित जिल्ला हो। यो नौ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई खोप लगाइने छ। गत वर्ष काठमाडौँ जिल्लामा दादुरा–रुवेला फैलिँदा २२५ जना संक्रमित र एकजनाको मृत्यु भएको थियो। गत वर्ष १९ जिल्लामा यो महामारीका रूपमा फैलिएको थियो।

प्रकाशित: ११ फागुन २०८० ९:५१ | Friday, February 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast