अस्ट्रियाका पूर्वचान्सलर कुर्जलाई आठ महिना जेल सजाय

हिमाल प्रेस १२ फागुन २०८० १६:१३ | Saturday, February 24, 2024
अस्ट्रियाका पूर्वचान्सलर कुर्जलाई आठ महिना जेल सजाय तस्बिर सेबास्टियन कुर्जकाे फेसबुक अकाउन्टबाट।

भियना- पूर्वचान्सलर सेबास्टियन कुर्जलाई झुटो बयान दिएको अभियोगमा भियना क्षेत्रीय अदालतले शुक्रबार दोषी ठहर गर्दै आठ महिना जेल सजाय सुनाएको छ।

कुर्जले अस्ट्रियाको संसद्को छानबिन समिति समक्ष झुटो बयान दिएको अदालतले फैसलामा उल्लेख गरेको अस्ट्रियाली समाचार संस्था एपीएले जनाएको छ।

उनले सरकारी स्वामित्व रहेको कम्पनी ओईबीएजीको सल्लाहकार समितिको नियुक्तिमा संसदीय अनुसन्धानको क्रममा स्वीकार गरेभन्दा बढी प्रभाव पारेको प्रमाणले देखाएको छ। उनले सन् २०१७ देखि २०१९ सम्म र २०२० देखि २०२१ सम्म अष्ट्रियाको चान्सलरको रूपमा काम गरेका थिए।

भ्रष्टाचारको आरोप लागेपछि सन् २०२१ को अक्टोबरमा उनले चान्सलर पदबाट राजीनामा दिएका थिए। सन् २०२१ को डिसेम्बरमा उनले राजनीतिबाट टाढा हुने घोषणा गरेका थिए। रासस/सिन्ह्वा

प्रकाशित: १२ फागुन २०८० १६:१३ | Saturday, February 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast