अमेरिकी निजी यान पहिलोपटक चन्द्रमामा अवतरण

हिमाल प्रेस ११ फागुन २०८० १३:३२ | Friday, February 23, 2024
अमेरिकी निजी यान पहिलोपटक चन्द्रमामा अवतरण

अमेरिका- एक अमेरिकी निजी यानले बिहीबार चन्द्रमामा अवतरण गरेको छ। यानको निर्माण तथा व्यवस्थापन गर्ने कम्पनी इन्ट्युटिभ मसिन्सले यानले सिधै अवतरण गरेको पुष्टि गरेको हो।

यान चन्द्रमाको दक्षिणी ध्रुव नजिक आफ्नो इच्छित गन्तव्यमा पुगेको थियो वा थिएन भन्नेबारे कम्पनीले कुनै थप विवरण दिएको छैन। यानबाट कमजोर संकेत प्राप्त हुने बित्तिकै कम्पनीले आफ्नो लाइभ वेबकास्ट बन्द गरेको थियो। मिसन निर्देशक टिम क्रेनले कम्पनीको ह्युस्टन नियन्त्रण केन्द्रमा तनावको स्थितिको बारेमा भने,‘हाम्रो उपकरणहरू चन्द्रमाको सतहमा भएको हामी पुष्टि गर्न सक्छौँ।’

अवतरणको दुई घण्टापछि कम्पनीको घोषणाअनुसार अन्ततः डाटा प्रवाह सुरु भएको छ। नासाको प्रसिद्ध अपोलो मुनवाकर्सपछि पहिलोपटक अवतरणले अमेरिकालाई सतहमा फर्काएको छ। इन्ट्युटिभ मसिन्स चन्द्रमामा अवतरण गर्ने पहिलो निजी व्यवसाय पनि बनेको छ। यो उपलब्धि केवल पाँच मुलुकले मात्र हासिल गरेका छन्।

अर्को अमेरिकी कम्पनी एस्ट्रोबोटिक टेक्नोलोजीले गत महिना यसलाई सट दिएको थियो तर चन्द्रमामा पुग्न सकेन। यान पृथ्वीमा फर्कँदा दुर्घटनाग्रस्त भएको थियो। दुवै कम्पनी चन्द्र अर्थतन्त्रलाई गति दिनका लागि नासा समर्थित कार्यक्रमका हिस्सा हुन्। रासस/एपी 

प्रकाशित: ११ फागुन २०८० १३:३२ | Friday, February 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast