अभिनेत्री छिरिङले पाइन् गिनिज बुकको प्रमाणपत्र

सगरमाथा आरोहण गर्दै छिरिङ

हिमाल प्रेस १४ फागुन २०८० १६:०९ | Monday, February 26, 2024
अभिनेत्री छिरिङले पाइन् गिनिज बुकको प्रमाणपत्र

काठमाडौँ– सोलुखुम्बुको कालापत्थरमा सर्वाधिक उचाईमा नृत्यको रेकर्ड राख्दै गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गराएकी अभिनेत्री छिरिङ शेर्पाले राष्ट्रपति रामचन्द्र पौडेलबाट ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’को प्रमाणपत्र लिएकी छन्।

राष्ट्रपति कार्यालयमा सोमबार आयोजित कार्यक्रममा पौडेलले शेर्पालाई प्रमाणपत्र हस्तान्तरण गर्दै बधाई दिएका छन्। एक महिलाले पाएको यो उपलब्धि देशकै लागि गर्वको कुरा रहेको राष्ट्रपतिले बताएका छन्।

छिरिङ र जेडी तमु (जगदिश गुरुङ)ले सन् २०२२ नोभेम्बर १७ मा ५ हजार २ सय ७८ मिटरको उचाईमा नृत्य गर्दै ‘द हाइएस्ट एल्टिच्यूड कोरियोग्राफ्ड डान्स अन ल्याण्ड (पेयर)’ को रेकर्ड राखेका थिए।

सगरमाथा आरोहण गर्दै छिरिङ

अभिनेत्री छिरिङ सन् २०२४ को स्प्रिङ(अप्रिल­-मे­)मा सगरमाथा आरोहण गर्न लागेकी छन्। छिरिङले आफूले हिमाल आरोहणका क्रममा ज्यान गुमाएका शेर्पा समुदायप्रति समर्पित गर्दै सगरमाथा आरोहण गर्न लागेको बताइन्।

‘हिमाल आरोहणका क्रममा शेर्पा समुदायका धेरै व्यक्तिहरुले ज्यान गुमाउनु परेको छ। उनीहरुले राज्यको तर्फबाट केही राहत पनि पाउन सकेका छैनन्। आर्थिक अवस्था नाजुक बन्दै गएको छ। त्यसकारण उनीहरुको आवाजलाई बुलन्द पार्न सगरमाथा आरोहण गर्न लागेकी हुँ’, उनले भनिन्।

छिरिङले पासाङ ल्हामु फाउण्डेसनबाट हिमाल आरोहण सम्बन्धी तालिम लिइसकेकी छन्। उनी ८ के एक्सिपिडिसनबाट ‘माई भ्वाइस फर शेर्पा क्लाइम्बर्स’ नारासहित सगरमाथा आरोहण गर्न लागेकी हुन्।

दर्जन म्यूजिक भिडियोमासमेत अभिनय गरिसकेकी छिरिङ शेर्पा समुदायकी पहिलो अभिनेत्री पनि हुन्। शेर्पा फिल्म ‘तिन्छेन फामा’मा अभिनय गरेकी उनले फिल्म ‘कार्साङ्’ मार्फत नेपाली रजतपटमा डेब्यु गर्दैछिन्।

फिल्म ‘तिन्छेन फामा’ले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबाट अवार्ड पनि पाएको थियो। उनी टेलिभिजन रियालिटी शो ‘डान्सिङ स्टार नेपाल सिजन २’को विजेतासमेत हुन्। छिरिङसँग शेर्पा समुदायको सौन्दर्य प्रतियोगिता आयोजनाको अनुभव पनि छ।

सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–६ मा जन्मिएकी छिरिङ हाल गोर्कणेश्वर नगरपालिका वडा नम्बर ५ नारायणटारमा बस्छिन्।

प्रकाशित: १४ फागुन २०८० १६:०९ | Monday, February 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast