अब नेपालीले पनि भारतीय सिमकार्ड लिन पाउने

हिमाल प्रेस ८ फागुन २०८० १९:१३ | Tuesday, February 20, 2024
अब नेपालीले पनि भारतीय सिमकार्ड लिन पाउने

काठमाडौँ- नेपालीले भारतमा जाँदा भारतीय सीमकार्ड पाउने भएका छन्। भारतको सञ्चार मन्त्रालयले सोमबार एक सूचना जारी गरी नेपाली र भुटानी नागरिकलाई सीमकार्ड उपलब्ध गराउने निर्णय गरेको हो।

भारत पुगेका नेपालीले आफ्नो राष्ट्रिय परिचयका आधारमा सिमकार्ड पाउनेछन्। यसको अवधि तीन महिना भनिएको छ।

नेपाली र भुटानी नागरिकलाई सिमकार्ड उपलब्ध गराउन सहमत भएको भारतका लागि नेपाली राजदूत डा.शंकरप्रसाद शर्माले सामाजिक सञ्जाल एक्समा लेख्दै जानकारी गराएका छन्।

सूचनामा नेपाल र भुटानका नागरिकले आफ्नो नागरिकताको प्रमाणपत्र वा सम्बन्धित देशका निर्वाचन आयोगले जारी गरेको मतदाता परिचयपत्र वा भारतस्थित नेपाल र भुटानका राजदूतावासले जारी गरेको तस्बिरसहितको प्रमाणपत्रका आधारमा सिमकार्ड दिने निर्णय गरेको नेपालस्थित भारतीय राजदूतावासले जनाएको छ।

खुला सीमा भएकाले नेपाली र भुटानीले भारत जाँदा भिसा लगाइरहनुपर्दैन। तर उनीहरूले भारतीय सिमकार्ड भने पाउन सकेका थिएनन्। अब यो व्यवस्थाले भारतमा रहँदा भारतीय सिम नै प्रयोग गर्न पाउने बाटो खुलेको छ। तर तेस्रो देश भएर भारत पुग्ने नेपालीहरूले भने भिसासहित राहदानीको फोटोकपी अनिवार्य दिनुपर्नेछ।

यसअघि भारतीय आधारकार्ड भएका नेपालीले मात्रै सिमकार्ड लिन पाउने व्यवस्था थियो।

प्रकाशित: ८ फागुन २०८० १९:१३ | Tuesday, February 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast