 
                             
                                            नवलपरासी- नवलपरासीको बर्दघाट नगरपालिका-१६ केराबरी गाउँ नजिकै पुलमा अज्ञात समूहको गोली प्रहारबाट एकजना घाइते भएका छन्।
बर्दघाट नगरपालिका घर भइ सुस्ता गाउँपालिका-१ बरुवामा सुनचाँदी व्यवसायी गर्दै आएका गजेन्द्र विश्वकर्मा घाइते भएका हुन्। पसल बन्द गरेर घर फर्कने क्रममा अज्ञात समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ।
गोली प्रहारबाट घाइते विश्वकर्मालाई तत्काल स्थानीय चिसापानी अस्पताल लगिए पनि उपचार सम्भव नभएपछि बुटवलस्थित तिनाउ अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) रेशम बोहराले जानकारी दिए।
                            प्रकाशित: २१ माघ  २०८० ७:०२ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 