होटल स्क्वायरकी सञ्चालक पक्राउ

हिमाल प्रेस ७ माघ २०८० २१:४५ | Sunday, January 21, 2024
होटल स्क्वायरकी सञ्चालक पक्राउ सांकेतिक तस्बिर।

काठमाडौँ- ललितपुरको होटल स्क्वायरको स्वीमिङ पुलमा पौडी खेल्ने क्रममा एक व्यक्ति करेन्ट लागेर अचेत भएपछि सो प्रकरणमा जिल्ला प्रहरी परिसर ललितपुरले होटल सञ्चालक ललिता भण्डारीलाई पक्राउ परेको छ।

पीडितका परिवारको जाहेरीका आधारमा सञ्चालकविरुद्ध ललितपुर जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो। होटल सञ्चालक भण्डारी आज (आइतबार) पक्राउ परेको ललितपुरका प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए।

उनका अनुसार भण्डारीलाई ललितपुर जिल्ला अदालतमा पेस गरिएकोमा अदालतबाट अनुसन्धानका लागि तीन दिनको म्याद प्राप्त भएको कार्कीले बताए।  होटलका अर्का सञ्चालक रोमी अर्यालको भने खोजी जारी रहेको उनले बताए।

पीडित परिवारले दुई जनाविरुद्ध किटानी जाहेरी दिएका थिए। त्यसपछि यही माघ ४ गते दुवैजनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो। पौडी खेल्ने क्रममा गत भदौ १५ गते मानभवनका सजिलमान शाक्य गम्भीर घाइते भएका थिए। उनी अहिले अचेत अवस्थामा रहेको प्रहरीले जनाएको छ। रासस

प्रकाशित: ७ माघ २०८० २१:४५ | Sunday, January 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast