जनतासँग सरोकार राख्ने मुद्दामा सबै एकजुट हुनुपर्छ : शंकर पोखरेल

हिमाल प्रेस १५ माघ २०८० २१:४४
10
SHARES
जनतासँग सरोकार राख्ने  मुद्दामा सबै एकजुट हुनुपर्छ : शंकर पोखरेल एमाले महासचिव शंकर पोखरेल। फाइल तस्बिर

काठमाडौँ- नेकपा (एमाले)का महासचिव श‌ंकर पोखरेलले देश र जनतासँग सरोकार रहने प्रमुख मुद्दामा सबै एकजुट हुनुपर्नेमा जोड दिएका छन्।

ललितपुर, च्यासलस्थित एमाले पार्टी मुख्यालयमा आज (सोमबार) एमाले उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले आयोजना गरेको ‘उपभोक्ता हित र सुशासन’बारे सांसदसँग गरेको अन्तरक्रिया उनले पार्टी, देश र जनताको हितसँग सम्बन्धित विषयमा जनतालाई पनि जोड्नुपर्ने आवश्यकता औँल्याएका हुन्।

उनले सांसदलाई उपभोक्ता हितसँग सम्बन्धित धेरै विषय रहेका र ती विषय सदनमा पनि उठाउनु आवश्यक रहेको भन्दै सदनमा मुद्दा उठाउँदा विषय केन्द्रित भएर व्यवस्थित प्रस्तुतिको योजना बनाउन आग्रह गरे।

प्रकाशित: १५ माघ २०८० २१:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast