आईसीसी यू-१९ विश्वकप : अफगानिस्तानविरुद्ध खेल्दै नेपाल

हिमाल प्रेस १२ माघ २०८० ६:५८
18
SHARES
आईसीसी यू-१९ विश्वकप : अफगानिस्तानविरुद्ध खेल्दै नेपाल तस्बिर : क्यान

काठमाडौँ- आईसीसी यू-१९ एसिया कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल आज अफगानिस्तानविरुद्ध मैदानमा उत्रदैछ। खेल दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा नेपाली समयअनुसार दिउँसो १:४५ बजेदेखि सुरु हुनेछ।

यसअघि नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रन र दोस्रो खेलमा पाकिस्तानसँग पाँच विकेटले पराजित भएको थियो। उक्त दुवै खेलमा पराजित भएकाले सुपर सिक्समा प्रवेश गर्न नेपाललाई आजको खेल जित्नैपर्ने हुन्छ। अफगानिस्तानलाई हराए नेपाल सुपर सिक्सको समूह १ मा पुग्नेछ।

त्यसपछि नेपालले पुनः न्युजिल्यान्ड र पाकिस्तानसँग खेल्ने पाउनेछ। समूह ‘ए’ का भारत, बंगलादेश, आयरल्यान्ड र अमेरिकामध्ये शीर्ष तीन टिमसँग पनि खेल्न पाउनेछ।

प्रकाशित: १२ माघ २०८० ६:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − nine =