
काठमाडौँ- भोकले हाम्रो दिमाग प्रभावित गर्छ । भोकका कारण कतिपय समयमा निकै रिस उठ्ने गर्छ। यदि भोक लागेको छ भने अन्य समय भन्दा धेरै रिस उठ्ने गरेको अनुसन्धानले प्रमाणित गरेको छ।
यसको कारण हो-पर्याप्त पोषक तत्व र क्यालोरीबिना हाम्रो मस्तिष्कलाई विकसित हुन र ठीकसँग काम गर्नका लागि संघर्ष गर्नुपर्छ।
खानाले मुड कसरी प्रभावित गर्छ?
सन २०२२ मा भएको एक अध्ययनका अनुसार खराब मुड अक्सर हामीलाई निराशावादी बनाइदिन्छ। जो हाम्रो सोचलाई अझै धेरै नकारात्मक बनाउन सक्छ। यसपछि हाम्रो मुडको कारक खाना हुन्छ।
डायटिशियन तथा वन हेल्थ कम्पनीको फाउन्डर डा शिखाका अनुसार खाना र हाम्रो मुडमा गहिरो सम्बन्ध हुन्छ। उनी भन्छिन्, ‘खाना एक बायोलोजिकल केमेस्ट्री हो। खाना हाम्रो हर्मोन्सलाई ट्रिगर गर्छ। कति मान्छेमा ट्रिगर इटिङ ह्याबिट हुन्छ। खुशी, रिस, उदासी वा हडबडाहट यही ट्रिगरका कारण हुन्छ। चीनी, चिज, मदिरा, मसरुम, दूध फरक(फरक हर्मोनलाई ट्रिगर गर्छ।’
सन् २०२२ मा मनोबैज्ञानिक निएन्के जन्कर र उनका साथीहरुले नेदरल्यान्डिसको ग्रोनिगेन विश्वविद्यालयमा १२९ महिलामाथि अध्ययन गरेका थिए। तीमध्ये कति महिलालाज्ई खाना दिइएको थियो भने २४ घन्टा उपबास राखिएको थियो। त्यसअनुसार उनीहरुको भोक, मनोदशा र खाने बानीसँग सम्बन्धित प्रश्न सोधिएको थियो।
त्यसक्रममा उनले जो महिलाले खाना खाएका थिएनन्, उनीहरुले धेरै नै नकारात्मक जवाफ दिएको पाएका थिए। तनाव, क्रोध, थकान र भ्रम पनि धेरै थियो। भनिएको छ, ‘भोकी महिलाहरु खाएकाहरु भन्दा दोब्बर बढी रिसाइरहेका थिए।’
स्वास्थ्यखबरबाट