काठमाडौँ- संखुवासभामा रुखले किचेर एक महिलाको मृत्यु भएको छ।
खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा रुखले किचेर स्थानीय ६२ वर्षीया दिलकुमारी घिमिरेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।
शनिबार घर नजिकैको जंगलमा दाउरा काट्न गएकी घिमिरेलाई दाउरा काट्ने क्रममा रुखले किच्दा घटनास्थलमै मृत्यु भएको हो। उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ।
प्रकाशित: ७ माघ २०८० ८:०२
प्रतिक्रिया