काठमाडौँ- क्रिकेटर सन्दीप लामिछानेबाट बलात्कृत किशोरी भन्दै एक युवतीको तस्बिर सार्वजनिक गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। यो प्रकरणमा पीडित युवतीको नाम गौशला-२६ हो। तस्बिर सार्वजनिक गर्नेहरूले पनि गौशला-२६ भन्दै एक युवतीको तस्बिर सार्वजनिक गरेका थिए।
पक्राउ पर्नेमा सङ्खुवासभा घर भएका केशरमान राई छन् ।
३२ वर्षीय केशरमानलाई सङ्खुवासभाबाट पक्राउ गरेर काठमाडौँ ल्याइएको नेपाल प्रहरीको साइबर ब्युरोका एसएसपी नविन्द अर्यालले जानकारी दिए। सङ्खुवासभाको चिचिला गाउँपालिका वडा नम्बर–२ घर भएका राईले गौशाला–२६ को फोटो र नामथर सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोप छ।
उनीविरुद्ध जिल्ला अदालत काठमाडौँबाट ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको एसएसपी अर्यालले जानकारी दिए । प्रहरीले गौशला २६ को भन्दै तस्बिर सार्वजनिक गर्ने अन्य व्यक्तिलाई पनि पक्राउको तयारी गरिरहेको बताएको छ।