![निगमको जहाज बिग्रिएपछि कतार र जापान उडान तालिका परिवर्तन [तालिकासहित]](https://himalpress.com/wp-content/uploads/2023/02/nepalair.jpg)
काठमाडौँ- नेपाल वायुसेवा निगमको जहाज बिग्रिएसँगै कतार र जापान उडानको तालिका पनि परिवर्तन गरिएको छ। आइतबार राति निगमको वाइडबडी जहाजमा समस्या आएसँगै कतारको दोहा र जापानको नारिता उडानको तीन दिनको नयाँ तालिका सार्वजनिक भएको हो।
निगमका अनुसार जापानको नारितमा यसअघि १६ जनवरी राति ११ः२५ मा रहेको उडान अब १७ जनवरी ०८ः०५ मा हुने गरी समयतालिका फेरिएको छ।
त्यस्तै जनवरी १७ मा हुने नारिता-काठमाडौं ११ बजेको उडान बेलुका ०७ः१० बजे उडान हुने भएको छ।
उता १६ जनवरी राति ११ बजे रहेको काठमाडौं-दोहा उडान १८ जनवरी राति १ः५० मा हुनेछ। दोहा-काठमाडौंको १७ जनवरी ०३ः२५ मा रहेको उडान तालिका १८ जनवरी बिहान ६ बजे हुने भएको हो।
प्रकाशित: २ माघ २०८० १९:०५
प्रतिक्रिया