चैत १ गतेदेखि सातौँ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव

हिमाल प्रेस २ माघ २०८० १५:५१
16
SHARES
चैत १ गतेदेखि सातौँ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव

काठमाडौँ- सातौं संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) चैत्रको पहिलो साता काठमाडौंमा आयोजना हुने भएको छ। आयोजक नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै निफ महोत्सव आगामी चैत्र १ देखि ५ गतेसम्म काठमाडौंमा हुने जानकारी दिएको हो।

महोत्सवमा ६० देशका ५ सय बढी फिल्मबाट छनौट भएका ४० देशका ८८ फिल्म देखाइने प्रतिष्ठानले जनाएको छ। महोत्सवलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय दुई भागमा विभाजन गरी दुवै भागमा फिचर चलचित्र, लघु चलचित्र र वृत्तचित्र विधामा अवार्ड वितरण गरिने निफ आयोजक समितिका अध्यक्ष केपी पाठकले जानकारी दिए।

महोत्सवमा अन्तराष्ट्रिय प्रतिष्पर्धाअन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलर राशी सहित गौतमबुद्ध अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ। त्यस्तै विभिन्न विधामा उत्कृष्ट फिचर चलचित्र, लघु चलचित्र र वृत्तचित्रलाई पुरस्कृत गरिने पाठकले बताए।

अध्यक्ष पाठकले राम्रा धेरै चलचित्रकाबीच केहि चलचित्र मात्रै छान्न सफल भएको धारणा राखे। महोत्सवका क्रममा आएका सुझावहरूलाई चलचित्र विकास बोर्डमार्फत सरकारलाई बुझाइने उनले बताए।

पत्रकार सम्मेलनमा नेपाल चलचित्र विकास वोर्डका अध्यक्ष भुवन केसीले महोत्सवका क्रममा राष्ट्रिय र अन्तराष्ट्रिय समूदायबीच अनुभव आदानप्रदान हुने विश्वास व्यक्त गरे। उनले महोत्सवलाई विकास बोर्डले आवश्यक सहयोग गर्ने जिकिर गरे। अध्यक्ष केसीले बोर्डको सिमित अधिकारका कारण नेपाली चलचित्रलाई अन्तराष्ट्रिय स्तरमा पुराउन समस्या भएको गुनासो गरे।

प्रकाशित: २ माघ २०८० १५:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast