खाना पकाउने ग्यास पड्किँदा मृत्यु

हिमाल प्रेस २ माघ २०८० १५:१४
26
SHARES
खाना पकाउने ग्यास पड्किँदा मृत्यु प्रतीकात्मक तस्बिर।

चितवन- पश्चिम चितवनको फूलबारीमा खाना पकाउने ग्यास सिलिण्डरबाट ग्यास चुहावट भइ पड्किँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१५, डेरीचोकका ५० वर्षीय मनिष थापा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

कार्यालयका प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीका अनुसार आफ्नै कोठामा खाना बनाउने क्रममा ग्यास चुहावट भएर सिलिण्डर पड्किँदा थापाको सोमबार मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको छ।

स्थानीय अविनाश फटिलाइजर कम्पनीको हातभित्र आगलागी भएको हो। घटनाको थप अध्ययन भइरहेको उनले बताए। रासस

प्रकाशित: २ माघ २०८० १५:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast