त्रिशूलीमा डुब्यो भारतीय नम्बर प्लेटको जिप

हिमाल प्रेस २ माघ २०८० ८:३७
60
SHARES
त्रिशूलीमा डुब्यो भारतीय नम्बर प्लेटको जिप नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुल नजिकबाट मंगलबार बिहान जिप खसेपछि उद्धारका लागि खटिएका सुरक्षाकर्मी। तस्बिर स्रोत : सशस्त्र प्रहरी बल

काठमाडौँ- त्रिशूली नदीमा मंगलबार भारतीय नम्बर प्लेटको जिप त्रिशूली नदीमा खसेको छ। नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका-५ स्थित तीन नम्बर पुल नजिकबाट बोलेरो जिप त्रिशूलीमा खसेको हो। जिपमा यात्रु नदेखिएको स्थानीयले बताएका छन्। प्रहरीको अनुसन्धानअनुसार जिप काठमाडौँबाट फर्किँदा दुर्घटनामा परेको अनुमान छ।

बिहान पौने पाँच बजेको समयमा जिप त्रिशूलीमा खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीले जानकारी दिए। जिप सडकबाट करिब ८५ मिटर तल खसेको हो।

सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट इन्सपेक्टरको कमान्डमा सातजना गोताखोरसहित १० जना र नं १७ गण चितवनबाट इन्सपेक्टरको कमान्डमा १३ जनाको फौजले बिहान ७ बजेबाट खोजी कार्य सुरु गरेकोमा ८ बजे गाडी फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।

त्रिशूलीमा गाडी खसेको आशंका, खोजीका लागि गोताखोर परिचालन

प्रकाशित: २ माघ २०८० ८:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast