अपडेट : टुँडिखेलमा भागदौड हुँदा १६ जना घाइते

हिमाल प्रेस १ माघ २०८० १९:१९
48
SHARES
अपडेट : टुँडिखेलमा भागदौड हुँदा १६ जना घाइते

काठमाडौँ- माघी मनाउन टुँडिखेलमा जम्मा भएकाहरूबीच भागदौड हुँदा १६ जना घाइते भएका छन्।

टुँडिखेलमा माघे सङक्रान्तिको अवसरमा मगर र थारु समुदायले आयोजना गरेको छुट्टाछुट्टै कार्यक्रममा सहभागीबीच भागदौड हुँदा उनीहरू घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुंगेलले जानकारी दिए।

घाइतेहरूको उपचारका लागि वीर अस्पतालको ट्रमा सेन्टरमा भर्ना गरिएको उनको भनाइ छ। महोत्सवस्थलमा प्रवेश गर्ने र बाहिरिनेबीच धकेलाधकेल हुँदा उनीहरू घाइते भएको प्रहरीको भनाइ छ।

घाइते भएकामा १२ वर्षीया त्रिसना मगर, १२ वर्षीया अञ्जना तामाङ, १९ वर्षीया रेजिना घले, १६ वर्षीया निकिता मगर, ३० वर्षीया रेखा चौधरी, १६ वर्षीया अनिसा केसी छन् । साथै २५ वर्षीया कल्पना चौधरी, २२ वर्षीया मन्दिरा बस्नेत, ४० वर्षीया मिना थापा, १९ वर्षीया रिजा रेस्मी मगर, प्रहरी जवान पृथ्वी बुढामगर,  २५ वर्षीया निशा राना थापा, २२ वर्षीया निर्मला श्रेष्ठ, २७ वर्षीया रश्मी नेपाल, ११ वर्षीया युनिका बराल, १४ वर्षीया करिश्मा मगर रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक ढुंगेलले बताए। रासस

*अपडेट गरिएको ।

प्रकाशित: १ माघ २०८० १९:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast