हुण्डी कारोबार गर्ने दुई जना पक्राउ

हिमाल प्रेस २९ पुष २०८० २१:१६
36
SHARES
हुण्डी कारोबार गर्ने दुई जना पक्राउ

काठमाडौँ-  नेपाल राष्ट्र बैंकबाट जारी भएको निर्देशनविपरीत हुण्डी कारोबार गर्ने दुई जनालाई प्रहरीले आज (आइतबार) सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक चौँरीदेउराली गाउँपालिका-५ घर भई हाल जिल्ला काठमाडौँ कपन बस्ने ३९ वर्षीय भीमसेन गौतम र चितवन राप्ती नगरपालिका-४ घर भई हाल काठमाडौँ सुकेधारा बस्ने ४२ वर्षीय राजु गौतम रहेको रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए।

उनका अनुसार काठमाडौँ महानगरपालिका-२२ महाबौद्ध क्षेत्रमा भीमसेन गौतम समेतका व्यक्तिले हुण्डीमार्फत वित्तीय कारोबार गरिरहेको भन्ने विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो। प्रहरीले गौतमका साथबाट नेपाली एक हजार दरका ६ सय थान नोट, र पाँच सय दरको चार सय थान नोट गरी आठ लाख बरामद गरेको छ।

यसै गरी राजु गौतमको महाबौद्धस्थित कुमारी आर्केटको २०२ नंको राधाकृष्ण जनरल स्टोरबाट विभिन्न बैंक तथा सहकारीको १७ वटा चेकमा उल्लिखित रकम ७ लाख ९७ हजार र नगद नेपाली एक हजार दरको ३९ थान नोट र पाँच सयका दरको एक हजार ७२ थान नोट गरी जम्मा ५ लाख ७५ हजार फेला परेको प्रवक्ता तथा प्रहरी उपरीक्षक केसीले बताए।

पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। रासस

प्रकाशित: २९ पुष २०८० २१:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast