विद्यालय शिक्षा विधेयकमा विदेशबाट पनि सुझाव दिन सकिने

हिमाल प्रेस २९ पुष २०८० १६:०१
466
SHARES
विद्यालय शिक्षा विधेयकमा विदेशबाट पनि सुझाव दिन सकिने

काठमाडौँ- विद्यालय शिक्षा विधेयकमा देश तथा विदेशमा रहेका नागरिकले सुझाव दिन सक्ने भएका छन्। प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आइतबार बसेको बैठकमा समिति सभापति भानुभक्त जोशीले बेवसाइटबाट सुझाव संकलन गर्ने व्यवस्था मिलाइएको जानकारी दिए।

‘देश तथा विदेशबाट विधेयकबारे राय सुझाव राख्न सकिने व्यवस्था गरेका छौँ,’ उनले भने, ‘सरोकारवालाले पनि राख्न सक्छन्।’ समितिले विधेयकमा सरोकारवाला निकायसँग लगातार छलफल गरिरहेको छ।

प्रकाशित: २९ पुष २०८० १६:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =