दुर्गा पौडेललाई राष्ट्रियसभामा मनोनीत गर्न मसालको अनुरोध

हिमाल प्रेस २९ पुष २०८० १२:१५
14
SHARES
दुर्गा पौडेललाई राष्ट्रियसभामा मनोनीत गर्न मसालको अनुरोध राजमो नेत्री दुर्गा पौडेल।

काठमाडौँ- नेकपा मसालले आफ्नो चुनावी मोर्चा राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललाई मनोनीत गर्न अनुरोध गरेको छ।

मसाल महासचिव मोहन बिक्रम सिंहले विज्ञप्तीमार्फत पौडेललाई मनोनीत गर्न अनुरोध गरेका हुन्।

यसअघि नै सत्ता गठबन्धनमा जनमोर्चाकी उपाध्यक्ष पौडेललाई राष्ट्रियसभामा मनोनीत गर्ने सहमति भएको छ। यद्यपि, गठबन्धन यसबारे बोलेको छैन। यता जनमोर्चा र मसालले पनि यसबारे जानकारी नभएको बताए पनि विज्ञप्तीमार्फत खुलासा गरेको हो।

मसालले राष्ट्रियसभाको आगामी चुनावमा गठबन्धन पक्षधर सबै उम्मेदवारलाई विजय बनाउनका लागि सबै मतदातासित अपिल समेत गरेको छ।

यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :

नेकपा (मसाल) ले राष्ट्रियसभाको आगामी चुनावमा गठबन्धन पक्षधर सबै उम्मेदवारलाई विजय बनाउनका लागि सबै मतदातासित अपिल गर्दछ । गण्डकी र लुम्बिनीका केही जिल्लामा मात्र हाम्रा मतदाता हुनुहुन्छ । हामीले हाम्रा सबै मतदातासित गठबन्धनका सबै उम्मेदवारलाई विजय बनाउनका लागि मत हाल्न अनुरोध गर्दछौँ । त्यो बाहेक हाम्रा मतदाता नभएका अन्य प्रदेशमा पनि गठबन्धनका उम्मेदवारलाई मत हालेर विजय बनाउनका लागि सबै मतदातासित अनुरोध गर्दछौँ ।

हामीले राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष र प्रवक्ता का. दुर्गा पौडेललाई राष्ट्रपतिद्वारा मनोनित हुने राष्ट्रियसभाको महिला सदस्यका लागि प्रस्तावित गरेका छौँ । त्यो पद मन्त्रिपरिषद्ले निर्णय गरेर राष्ट्रपतिद्वारा मनोनित हुने पद भएकाले सरकार र राष्ट्रपतिद्वारा पनि उहाँलाई राष्ट्रियसभामा नियुक्त गरिने छ भन्ने हामीले आशा गरेका छौँ ।

प्रकाशित: २९ पुष २०८० १२:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =