१९ वर्षमुनिको विश्व कप क्रिकेट : स्कटल्यान्डसँग अभ्यास खेलमा भिड्दै नेपाल

हिमाल प्रेस २८ पुष २०८० ८:४८
26
SHARES
१९ वर्षमुनिको विश्व कप क्रिकेट : स्कटल्यान्डसँग अभ्यास खेलमा भिड्दै नेपाल

काठमाडौँ- आईसीसी-१९ वर्षमुनिको विश्व कप क्रिकेटअघिको अभ्यास खेलमा नेपालले आज स्कटल्यान्डसँग खेल्दैछ।

दक्षिण अफ्रिकामा रहेको नेपाली टोलीले पहिलो औपचारिक अभ्यास खेल खेल्न लागेको हो। नेपाल र स्कटल्यान्डबीचको अभ्यास खेल नेपाली समयअनुसार दिउँसो सवा १ बजे सुरु हुनेछ।

आज नामिबिया र अमेरिका, दक्षिण अफ्रिका र पाकिस्तान तथा अस्ट्रेलिया र भारतबीच पनि अभ्यास खेल हुनेछ। यसअघि नेपालले सोमवार स्कटल्यान्ड र बिहीवार नामिबियासँग खेलेको अनौपचारिक अभ्यास खेलमा स्कटल्यान्डलाई एक सय ३५ र नामिबियालाई ६ रनले हराएको थियो।

आईसीसीले विश्व कपअघि हरेक टोलीलाई दुईदुईवटा अभ्यास खेल खेल्ने व्यवस्था मिलाएको छ। नेपालले दोस्रो अभ्यास खेल मंगलबार वेस्ट इन्डिजसँग खेल्नेछ। १९ वर्षमुनिको विश्व कप आउँदो माघ ५ गतेदेखि सुरु हुनेछ।

यो विश्व कपमा नेपालसहित १६ वटा देश सहभागी छन्। नेपाल प्रतियोगिताको समूह ‘डी’ मा छ। नेपालको समूहमा अफगानिस्तान, न्युजिल्यान्ड र पाकिस्तान छन्।

प्रकाशित: २८ पुष २०८० ८:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast