काठमाडौँ- बझाङमा भूकम्प गएको छ ।
शुक्रबार राति ११ बजेर ३२ मिनेट जाँदा भूकम्पको गएको हो ।
भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार छविसपाथिभेरा गाउँपालिकाको पतालचौर आसपास केन्द्र भएर ४.४ रेक्टर स्केलको भूकम्प गएको हो ।
बझाङमा गत असोज १६ गतेको भूकम्पपछि लगातार पराकम्पको गइरहेको छ।
सदरमुकाम चैनपुरमा भूकम्पले घरहरू हल्लिएपछि स्थानीयहरू खुला चौरमा आएर फेरि घर फर्किएका छन्।
प्रकाशित: २८ पुष २०८० ७:०८
प्रतिक्रिया