राष्ट्रियसभामा राष्ट्रपतिबाट मनोनीत हुने पदमा जनमोर्चाकी दुर्गा पौडेलको नाममा सहमति

हिमाल प्रेस २२ पुष २०८० १३:१९
8
SHARES
राष्ट्रियसभामा राष्ट्रपतिबाट मनोनीत हुने पदमा जनमोर्चाकी दुर्गा पौडेलको नाममा सहमति दुर्गा पौडेल। फाइल तस्बिर

काठमाडौँ- सत्ता गठबन्धनबीच राष्ट्रियसभा निर्वाचनका लागि सिट बाँडफाँट भएको छ। राष्ट्रियसभामा २० पद रिक्त हुँदैछ। जसमध्ये एक सिट राष्ट्रपतिद्वारा मनोनीत हुने पद हो। यसका लागि गठबन्धन दलबीच राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलको नाममा सहमति भएको छ।

गत प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेका सूर्य थापासँग पराजित पौडेललाई मनोनीत गरेर राष्ट्रियसभामा ल्याउन लागिएको हो।

आगामी फागुन २० गतेदेखि राष्ट्रिय सभाका २० जना सदस्यको पदावधि सकिँदैछ। राष्ट्रपतिबाट मनोनित बाहेक १९ जनाका लागि माघ ११ गते निर्वाचन हुँदैछ। पदावधि सकिनुभन्दा ३५ दिन अघि निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था भएकाले माघ ११ गते राष्ट्रियसभा सदस्य पदको निर्वाचन हुँदैछ।

फागुन २० गते कार्यकाल सकिनेमा नेकपा एमालेका ८, नेपाली कांग्रेसका ४, माओवादी केन्द्रका ३, एकीकृत समाजवादीका २, जनता समाजवादी पार्टीका १, स्वतन्त्र १ र राष्ट्रपतिद्वारा मनोनित १ जना छन्।

प्रकाशित: २२ पुष २०८० १३:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast