काठमाडौँ- राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँट गर्न बसेको सत्तासाझेदार दलहरूको बैठक निष्कर्षविहीन भएको छ। बैठक आज बिहान बस्ने छ।
प्रधानमन्त्री निवास बालुवाटारमा मध्यरातसम्म बसेको बैठकमा प्रमुख दलहरूले बढी सिटमा दाबी गरेपछि कुरा नमिलेको हो।
कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाबीच कुरा मिल्न नसकेपछि बैठक निष्कर्षविहीन भएको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए। लेखकका अनुसार बैठक आज बिहान फेरि बस्नेछ।
प्रकाशित: २२ पुष २०८० ७:१३
प्रतिक्रिया