बूढीगण्डकी आयोजना पीपीपी मोडलमा बनाउन चेम्बर अध्यक्ष मल्लको आग्रह

हिमाल प्रेस २० पुष २०८० १६:११
90
SHARES
बूढीगण्डकी आयोजना पीपीपी मोडलमा बनाउन चेम्बर अध्यक्ष मल्लको आग्रह

काठमाडौँ– नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले बूढीगण्डकी जलविद्युत् आयोजनालाई सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा अगाडि बढाउन आग्रह गरेका छन्। गोरखा चेम्बर अफ कमर्सद्धारा आयोजित कृषि, पर्यटन तथा व्यापार प्रर्वद्धन मेलालाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष मल्लले १२०० मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया सार्वजनिक निजी साझेदारीमा हुँदा सहज हुने बताएका हुन्।

अध्यक्ष मल्लले भने, ‘नेपालबाट भारतमा १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने सम्झौता भएको छ। यसलाई कार्यान्वयन गर्नका लागि बूढीगण्डकी जलविद्युत् आयोजनालाई सार्वजनिक निजी साझेदारीमा अघि बढाउन आवश्यक छ। यसमा निजी क्षेत्र लगानीका लागि तयार छ।’

उनले विद्युत् निर्यातबाट विद्यमान व्यापार घाटा कम गर्न सकिने औँल्याए। अर्को प्रसंगमा अध्यक्ष मल्लले नेपालको आर्थिक विकासका लागि जलविद्युत्, पर्यटन, कृषि र सूचना प्रविधि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर नीति तथा योजना तर्जुमा हुनुपर्नेमा जोड दिएका छन्।

कृषि लगायतका स्थानीय उत्पादनको बजारीकरण एवं प्रवद्र्धनका लागि संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय हुनुपर्ने अध्यक्ष मल्लको भनाइ छ। नेपालको जडीबुटीलाई प्रवद्र्धन एवं प्रशोधन गरि निर्यात गर्नुपर्नेमा उनले जोड दिए। मल्लले भने, ‘नेपालमा प्रशोधित जडिबुटीको छिमेकी चीन लगायतका देशमा उच्च माग छ।’

मुलुकको अर्थतन्त्र शिथिल हुँदै जाँदा नागरिकको क्रय क्षमतासमेत कमजोर हुँदै गएको अध्यक्ष मल्लले बताए। मुल्यवृद्धि नियन्त्रण गरेर नागरिकको दैनिकीलाई सहज बनाउनुपर्नेमा अध्यक्ष मल्लले जोड दिएका छन्। बैंक तथा वित्तीय संस्थामा उच्च ब्याजदरका कारण अझै पनि कर्जा विस्तार हुन नसकेको उनको भनाइ छ।

प्रकाशित: २० पुष २०८० १६:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 − three =