मृत भेटियो पोथी रेडपाण्डा

हिमाल प्रेस १७ पुष २०८० ७:०१
4
SHARES
मृत भेटियो पोथी रेडपाण्डा

मंगलबारे- लोपोन्मुख वन्यजन्तु पोथी रेडपाण्डा इलामको सन्दकपुर गाउँपालिका–५ जौबारीमा मृत अवस्थामा फेला परेको छ।

स्थानीय प्रज्वल भट्टराईका अनुसार गैरीबास रोड नजिक वृक्षारोपण गरिएको क्षेत्रमा तारबार गर्ने क्रममा पोथी रेडपाण्डा मृत फेला परेको हो।

सन्दकपुर गाउँपालिका पशु शाखाका प्रमुख सविन भट्टराईका अनुसार सो रेडपाण्डालाई सन्दकपुर गाउँपालिका पशु सेवा शाखा, सन्दकपुर सव डिभिजन देउराली, चोयाटार सामुदायिक बन उपभोक्ता समिति, प्रहरी चौकी तथा स्थानीयको रोहवरमा शव परीक्षणका लागि भेटेरीनरी अस्पताल तथा पशु सेवा केन्द्र इलाम पठाइएको छ।

जौबारी भारतनजिक पर्दछ। खुला सिमानाका कारण रेडपान्डाको तस्करी हुँदै आएको स्थानीय बताउँछन्। सन्दकपुर गाउँपालिकाको जौबारी, जमुना, चोयाटारलगायत स्थानमा रेडपाण्डा पाइन्छन्।

रेडपाण्डा संरक्षाणमा केही संस्था क्रियाशील रहे पनि लक्ष्यित उद्देश्य हासिल नभएको उनीहरूको गुनासो छ। केही समय अघि पनि यहा मृत अवस्थामा रेडपाण्डा फेला परेको थियो।

प्रकाशित: १७ पुष २०८० ७:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − seven =