रहेनन् एनपीआईका संस्थापक पोखरेल

हिमाल प्रेस १६ पुष २०८० २०:२२
106
SHARES
रहेनन् एनपीआईका संस्थापक पोखरेल

काठमाडौँ- वरिष्ठ पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार त्रिवि शिक्षण अस्पतालमा निधन भएको छ। पारिवारिक स्रोतका अनुसार पोखरेलको बिहान साढे १० बजे ८७ वर्षको उमेरमा निधन भएको हो। पोखरेल पछिल्लो समयमा फोक्सोसम्बन्धी समस्याबाट पीडित थिए।

राष्ट्रिय मानव अधिकार आयोगका पूर्वसदस्य, नेपाल प्रेस इन्स्टिच्युट (एनपीआई) का संस्थापक महासचिव र अध्यक्ष भएका पोखरेल गोरखापत्र दैनिकका पूर्वसम्पादक हुन्। उनी गोरखापत्रको सहप्रकाशन ‘मुना’ बाल मासिकका संस्थापक प्रधानसम्पादक पनि थिए। पोखरेल द राइजिङ नेपालका सम्पादक पनि थिए।

पत्रकारिता र अंग्रेजी विषयमा स्नातकोत्तर गरेका पोखरेलले रत्न राज्यलक्ष्मी क्याम्पस, कान्तिपुर सिटी कलेजलगायतका क्याम्पसमा अध्यापन गरेका थिए। साथै उनले विभिन्न क्याम्पसमा भिजिटिङ प्रोफेसरका रूपमा पनि अध्यापन गरेका थिए।

धनकुटाको कचिण्डेमा १९९३ सालमा जन्मिएका पोखरेल काठमाडौँको एक अपार्टमेन्टमा बस्दै आएका थिए। त्यसअघि उनी बत्तीसपुतलीस्थित आफ्नै घरमा बस्थे। पोखरेलका छोरा अनुप अस्ट्रेलियाबाट छन्। परिवारका अनुसार उनी नेपाल आएपछि पार्थिव शरीरलाई मंगलबार बिहान अन्त्येष्टि गरिने जनाइएको छ। दिवंगत पोखरेलका श्रीमती रञ्जना पोखरेल, एक छोरा र दुई छोरीहरू सुसन र रोशन छन्।

प्रकाशित: १६ पुष २०८० २०:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 8 =