युवाको आक्रोशलाई गम्भीरतापूर्वक लिनुपर्छ : भट्टराई

हिमाल प्रेस १६ पुष २०८० १५:४६
64
SHARES
युवाको आक्रोशलाई गम्भीरतापूर्वक लिनुपर्छ : भट्टराई

काठमाडौँ- नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेताहरूले युवाको आक्रोशलाई गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन्।

राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेसले सोमबार काठमाडौँमा आयोजना गरेको अन्तर्क्रियामा बोल्दै अध्यक्ष भट्टराईले युवाको आक्रोशलाई गम्भीरतापूर्वक लिनुपर्ने बताएका हुन्।

‘संविधानको रक्षा गरेर हामीले परिणाम दिनुछ। युवा हामीसँग किन रिसाइरहेका छन्? किन असन्तुष्ट भएका छन्? पुराना नेताहरूबाट भएन नयाँ चाहियो भन्ने आवाज उठेको छ। त्यसलाई हामीले गम्भीरतापूर्वक लिनैपर्छ। तँ तँ र म म भन्ने बेला छैन,’ अन्तर्क्रियामा भट्टराईले भने।

संघीय लोकतान्त्रिक गणतन्त्र लोकतान्त्रिक वृक्ष भएको बताउँदै भट्टाईले बिरुवा टाक्सिएर बसेर फुल्न र फल्न नपाएको बताए।पूर्वप्रधानमन्त्री भट्टराईले, ‘संघीय लोकतान्त्रिक गणतन्त्र त एउटा वृक्ष हो। यसमा सुशासन र समृद्धिको फल चाहियो। जनतालाई त्यो फल चाहिएको छ। हामीले संविधान जारी गरेको ८/१० वर्षमा पनि त्यो बिरुवा टाक्सिएर बसेको छ। हुर्कँदै हुर्कँदैन। फल नै लाग्दैन। सुशासन पनि हुँदैन। समृद्धिको फूल लाग्दैन। त्यसो भएको हुँदा युवा आक्रोशित भएका छन्।’

राजनीतिक अस्थिरता अन्त्यका निम्ति शासकीय स्वरूप र निर्वाचन प्रणालीमा परिवर्तन गर्नुपर्ने भट्टराईले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − one =