६ प्रदेशको निमावि शिक्षकको नतिजा प्रकाशित [नामसहित]

हिमाल प्रेस २ माघ २०८० १७:४४ | Tuesday, January 16, 2024
4
SHARES
६ प्रदेशको निमावि शिक्षकको नतिजा प्रकाशित [नामसहित]

काठमाडौँ– शिक्षक सेवा आयोगले निम्‍न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको ६ वटा प्रदेशको अन्तर्वार्ताको नतिजा सार्वजनिक गरेको छ। आयोगले कोशी, बागमती, कर्णाली, सुदूरपश्‍चिम, मधेश र लुम्बिनी प्रदेशको नतिजा सार्वजनिक गरेको हो।

कोशीको नेपाली, अंग्रेजी र गणित, बागमतीको नेपाली, अंग्रेजी, गणित, सामाजिक, कर्मकाण्ड, गण्डकीको नेपाली र संस्कृत व्याकरण, कर्णालीको अंग्रेजी, गणित, विज्ञान, सामाजिक र गणित–विज्ञान विषयको अन्तर्वार्ताको नतिजा प्रकाशन गरिएको छ।

आयोगले सुदूरपश्‍चिमको, नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक र गणित–विज्ञान, मधेश प्रदेशको, नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक, गणित–विज्ञान र संस्कृत व्याकरण र लुम्बिनीको, नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक, गणित–विज्ञान र संस्कृत व्याकरण विषयको अन्तर्वार्ताको नतिजा प्रकाशन गरेको छ।

गत पुस २२ र २३ गते लिइएको अन्तर्वार्ताको नतिजा सार्वजनिक गरिएको आयोगले जनाएको छ। अन्तर्वार्तामा सफल उम्मेदवारले आफ्नो प्राप्तांक हेर्न चाहेमा नतिजा प्रकाशन भएको मितिले हप्ता दिनभित्र आयोगको वेबसाइटमा गएर हेर्न सक्नेछन्।

हेर्नुहोस् प्रदेशगत रूपमा नतिजा

कोशी प्रदेश

गण्डकी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश 

मधेश प्रदेश

लुम्बिनी प्रदेश

प्रकाशित: २ माघ २०८० १७:४४ | Tuesday, January 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast