५४ अंकले बढ्यो सेयर बजार

हिमाल प्रेस २ माघ २०८० १५:५७ | Tuesday, January 16, 2024
५४ अंकले बढ्यो सेयर बजार

काठमाडौँ- सेयर बजार कारोबार (नेप्से) मंगलबार ५४ अंकले बढेको छ। आज सेयर बजार २.५७ प्रतिशत अर्थात् ५४.५४ अंकले बढेर २१७५.१७ बिन्दुमा पुगेको छ। यो ६ महिना यताकै उच्च बिन्दु हो। साउन ८ मा नेप्से २२ सय बिन्दुमा पुगेको थियो।

आज कारोबार रकम पनि ८ अर्बभन्दा धेरै पुगेको छ। २ करोड ३३ लाख ७० हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब २ करोड ३८ लाख ६२ हजार ४ सय ६ रुपैयाँको कारबोर भएको हो।

यो एक वर्ष यताकै सर्वाधिक कारोबार रकम हो। यसअघि २०७९ पुस २६ गते ७ अर्ब ६५ करोडको कारोबार भएको थियो।

कारोबारमा आएकामध्ये २ सय १४ कम्पनीको शेयर मूल्य बढेको छ भने ३१ कम्पनीको मूल्य घटेको छ। दुई कम्पनीको मूल्य भने परिवर्तन भएको छैन।

बुटवल पावर कम्पनी, युनाइटेड मोदी, हिमालयन पावर पार्टनर, एनआरएन इन्फ्रास्ट्रक्चर, नेपाल वेयरहाउजिङ कम्पनी, मुक्तिनाथ कृषि कम्पनी, मकर जितुमाया हाइड्रो, दिव्यश्वरी हाइड्रोपावर, घलेम्दी हाइड्रोपावर, माथिल्लो तामाकोसी, ङादी ग्रुप, हिमालयन रिइन्स्योरेन्स, तेह्रथुम पावर र सामुदायिक लघुवित्तको मूल्य १० प्रतिशतले बढेको छ।

प्रकाशित: २ माघ २०८० १५:५७ | Tuesday, January 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast