५२ तोला चाँदीसहित दुईजना पक्राउ

हिमाल प्रेस ९ माघ २०८० १५:४६ | Tuesday, January 23, 2024
५२ तोला चाँदीसहित दुईजना पक्राउ प्रतिनिधिमूलक तस्बिर।

काठमाडौँ- ५२ तोला चाँदीसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका–५ बस्ने अन्दाजी वर्ष ३५ को गुजराज विक (स्कुटी चालक) र स्कुटीमा पछाडी सवार सुनसरीको ईटहरी नगरपालिका–३ बस्ने अन्दाजी वर्ष २४ को बद्री विक रहेका छन्।

प्रहरीका अनुसार माघ ८ गते जीतपुर सिमरा उपमहानगरपालिका–१ स्थित पथलैया चोकमा प्रहरी चौकी पथलैया, बाराबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको बा१–०२–०२७ प १८५१ नं. को स्कुटीलाई रोकी चेक जाँच गर्दा उनीहरूको साथबाट सो परिमाणमा चाँदी बरामद भएको हो।

अन्दाजी मूल्य १ लाख १३ हजार १ सय ७० रूपैयाँ बराबरको फर्जी विल भएको ५३ तोला चाँदीको विभिन्न गरगहना रहेको प्रहरीले जनाएको छ।

जसमा बरामद सामानमा औँठी ३३ थान, मंगलशुत्र १८ थान, कानको टप २६ थान, गणेश लकेट ७० थान रहेका छन्। उनीहरूमाथि थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ९ माघ २०८० १५:४६ | Tuesday, January 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast