३१ अंकले बढ्यो नेप्से, ५ अर्ब ४५ करोडको कारोबार

हिमाल प्रेस २९ पुष २०८० १६:०३ | Sunday, January 14, 2024
३१ अंकले बढ्यो नेप्से, ५ अर्ब ४५ करोडको कारोबार

काठमाडौँ– आइतबार सेयर बजार परिसूचक (नेप्से) ३१.६२ अंकले बढेको छ। २०९३ बिन्दुबाट सुरू भएको कारोबार १.५१ प्रतिशतले उकालो लाग्दै परिसूचक २१२० बिन्दुमा पुगेपछि बन्द भएको हो।

आज २११ कम्पनीको सेयर मूल्य बढेको छ, ३३ कम्पनीको मूल्य घटेको छ भने ३ कम्पनीको मूल्य स्थिर रह्यो।

आइतबार १ करोड ६० लाख कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ४५ करोड ४ लाख रुपैयाँको कारोबार भएको छ। आज जलविद्युततर्फ लगानीकर्ता आकर्षित भएका छन्।

आइतबार जलविद्युत् उपसमूहको सूचक ४.५८ प्रतिशतले बढेको छ। त्यस्तै अन्य उपसमूहको सूचक २.७७, विकास बैंक १.२४, फाइनान्स १.५५, लगानी १.२४, लघुवित्त उपसमूहको सूचक १.९६ प्रतिशतले बढेको छ। आज व्यापार उपसमूहको सूचक भने ०.९४ प्रतिशतले घटेको छ।

प्रकाशित: २९ पुष २०८० १६:०३ | Sunday, January 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast