हेर्नुहोस् आजको मौसम

हिमाल प्रेस ११ माघ २०८० ६:४३ | Thursday, January 25, 2024
हेर्नुहोस् आजको मौसम फाइल तस्बिर- रासस

काठमाडौँ- हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश सहित देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहनेछ।

देशको पहाडी भूभागको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको देखिन्छ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा तथा देशका बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

तराईका अधिकांश स्थानहरूमा हुस्सुकुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने महाशाखाको भनाइ छ। साथै चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।

त्यस्तै शुक्रबार देशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रकाशित: ११ माघ २०८० ६:४३ | Thursday, January 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast