हिमालय एयरलाइन्सलाई ‘सेल्फ ग्राउन्ड ह्यान्डलिङ’ दिन सर्वोच्चको परमादेश

हिमाल प्रेस १२ माघ २०८० १८:४४ | Friday, January 26, 2024
हिमालय एयरलाइन्सलाई ‘सेल्फ ग्राउन्ड ह्यान्डलिङ’ दिन सर्वोच्चको परमादेश

काठमाडौँ- हिमालय एयरलाइन्सलाई ‘सेल्फ ग्राउन्ड ह्यान्डलिङ’ दिन सर्वोच्च अदालतले परमादेश जारी गरेको छ। शुक्रबार न्यायाधीश मनोजकुमार शर्मा र विनोद शर्माको संयुक्त इजलासले नागरिक उड्डयन प्राधिकरण र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नाममा परमादेश जारी गर्दैहिमालय एयरलाइन्सलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङ दिन भनेको हो।

२०७२ सालमा नागरिक उड्डयन प्राधिकरणले जारी गरेको ‘नेपाल नागरिक उड्डयन प्राधिकरण वायुयानहरूको ग्राउन्ड ह्यान्डलिङ तथा अन्य भूमिस्थ सेवा सञ्चालन निर्देशिका २०७२’ मा हप्तामा कम्तिमा ३५ नियमित उडान गर्ने कम्पनीले ‘सेल्फ ग्राउन्ड ह्यान्डलिङ’ पाउने व्यवस्था छ। सोहीअनुसार हिमालयले ‘सेल्फ ग्राउन्ड ह्यान्डलिङ’ गर्न लाग्दा प्राधिकरणले दिएको थिएन।

‘सेल्फ ग्राउन्ड ह्यान्डलिङ’ नपाएको हिमालय एयरलाइन्सले २०७९ फागुन ४ गते नागरिक उड्डयन प्राधिकरणविरुद्ध सर्वाेच्च अदालतमा रिट दायर गरेको थियो।

हिमालय एयरलाइन्सले कानुनअनुसार ‘सेल्फ ग्राउन्ड ह्यान्डलिङ’ का लागि उपकरण खरिद गरेर पूर्वाधार निर्माण गरिरहेका बेला तत्कालीन पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको निर्देशनमा प्राधिकरणले रोकिदिएको थियो।

प्रकाशित: १२ माघ २०८० १८:४४ | Friday, January 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast