हिउँले ढाक्यो लाप्राकको गुप्सीपाखा [फोटो फिचर]

हिमाल प्रेस १० माघ २०८० १६:५५ | Wednesday, January 24, 2024
2
SHARE
हिउँले ढाक्यो लाप्राकको गुप्सीपाखा [फोटो फिचर]

काठमाडौँ- गोरखाको उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भएको छ। आज बुधबार बिहानदेखि जिल्लाको लाप्राकलगायत क्षेत्रमा हिमपात भएको हो। लाप्राकका तुले गुरुङका अनुसार अहिले लाप्राकस्थित गुप्सी पाखामा रहेको एकीकृत बस्तीमा भारी हिमपात भएको छ।

हिउँ परेसँगै उत्तरी गोरखा धार्चेस्थित लाप्राक, गुप्सीपाखामा हिउँ खेल्नेहरूको पुग्न थालेका छन्। गोरखा भूकम्पपछि गुप्सीमा गैरआवसीय नेपाली संघले करिब ६ सय वटा एकै प्रकारका घर बनाइदिएको छ। हिउँ परेसँगै यो बस्ती सुन्दर देखिने हुनाले पनि मानिसहरू यहाँ हिउँ खेल्न पुग्छन्। गुप्सीपाखा समुद्री सतहबाट २९ सय मिटर उचाइमा छ।

लाप्राकसँगै जिल्लाको सामागाउँ, छेकम्पार, चुम्चेत, ल्हो, प्रोक, सिद्धिबास, बिहीलगायत सबै गाउँमा हिमपात भएको छ। भारी हिमपात भएपछि भेडा, च्याङ्गा, चौरी, खच्चड एवं घोडा पालक कृषक भने समस्यामा परेका छन्। धारामा पानी जम्दा पिउने पानीको समस्या भएको छ।

हिउँ परेपछि गहुँ, जौ, आलु, फापरलगायत खेती राम्रो हुने भन्दै स्थानीय खुसीसमेत भएका छन्।

सबै तस्बिर- तुले गुरुङ/लाप्राक

 

प्रकाशित: १० माघ २०८० १६:५५ | Wednesday, January 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast