स्वतन्त्रता सेनानी द्रौपदाको निधन

हिमाल प्रेस ९ माघ २०८० ११:४४ | Tuesday, January 23, 2024
स्वतन्त्रता सेनानी द्रौपदाको निधन

पोखरा- स्वतन्त्रता सेनानी द्रौपदा शर्मा पोखरेलको निधन भएको छ। उनको १०२ वर्षको उमेरमा मंगलबार बिहान ४ बजे आफ्नै निवास काठमाडौं रानीबारीमा निधन भएको हो। उनको मंगलबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ।

द्रौपदा तनहुँका सामाजिक सुधारक कांग्रेस नेता गोवर्धन शर्मा पोखरेलकी पत्नी हुन्।
साथै, गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलकी माता हुन्।

पोखरेल दम्पत्तीका ४ भाइ छोरा र २ बहिनी छोरीमध्ये रामचन्द्र पोखरेल संविधानसभा सदस्य, जगदीशचन्द्र पोखरेल राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष हुन् भने कान्छा सुभाष अमेरिका बस्छन्।

प्रकाशित: ९ माघ २०८० ११:४४ | Tuesday, January 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast