प्रतिनिधिमूलक तस्बिर।
काठमाडौँ- राजस्व अनुसन्धान विभागको टोलीले काठमाडौँको क्षेत्रपाटीबाट स्रोत नखुलेको दुई करोड ३० लाख रुपैयाँसहित चार जनालाई पक्राउ गरेको छ।
पक्राउपर्नेमा नरेश अग्रवाल र उनका सहयोगी रहेकाे विभागका महानिर्देशक नवराज ढुंगानाले जानकारी दिए।
उनले भने,‘राजस्व अनुसन्धान विभागको टोलीले करिब दुई करोड ३० लाखजति रकमसहित चार जनालाई पक्राउ गरेको छ।’
व्यापारी नरेश अग्रवालको घरमा राजस्व अनुसन्धान विभागले छापा मारेपछि उक्त रकम फेला परेको बताइएको छ।
बरामद गरिएको रकम हुण्डी कारोबारको हुनसक्ने अनुमान गरिएको छ। पक्राउ परेकाविरुद्ध थप अनुसन्धानका लागि हिरासतमा राख्न आजै अदालतबाट म्याद लिने विभागको तयारी रहेको विभागका महानिर्देशक ढुंगानाले बताए।
प्रकाशित: ५ माघ २०८० १३:२८ | Friday, January 19, 2024
प्रतिक्रिया




