काठमाडौँ- नेपाली बजारमा मंगलबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सुन प्रतितोला दुई सय रुपैयाँमा गिरावट आएको जनाएको हो।
आज छापावाल सुन १ लाख १८ हजार ६ सय र तेजाबी सुन १ लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ।
साेमबार छापावाल सुन १ लाख १८ हजार ८०० सय र तेजाबी सुन १ लाख १८ हजार २५० रुपैयाँमा काराेबार भएकाे थियाे।
चाँदीको मूल्य भने स्थिर छ। महासंघका अनुसार चाँदी प्रतितोला १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ।
प्रकाशित: २४ पुष २०८० १२:१६ | Tuesday, January 9, 2024
प्रतिक्रिया



