सुदूरपश्चिम प्रदेशमा आज भुवा पर्व, सार्वजनिक बिदा

हिमाल प्रेस २६ पुष २०८० ८:१३ | Thursday, January 11, 2024
सुदूरपश्चिम प्रदेशमा आज भुवा पर्व, सार्वजनिक बिदा

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले आज प्रदेशभरी सार्वजनिक बिदा दिएको छ। यो प्रदेशमा मनाइने भुवा पर्वको अवसर पारेर प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको हो।

बिदाको दिन प्रदेशस्थित सरकारी तथा सार्वजनिक निकायहरु बन्द रहने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जानकारी दिएको छ।

बाजुरा, बझाङमा उल्लासपूर्वक मनाइने भुवा पर्व पछिल्लो समय कैलाली, कञ्चनपुरमा पनि मनाउन थालिएको छ। पहाडी जिल्लाबाट तराई झरेका बाजुरेली, बझाङ्गीहरुले यहाँ पनि भुवा पर्व मनाउने गरेका छन्।

सार्वजनिक स्थानमा भुवा नाच नाचेर यो पर्वमा रमाउने चलन रहेको छ । भुवा पर्वको अवसर पारेर बाजुरेली सेवा समाज धनगढीले यहाँ पुस २६ देखि २८ गतेसम्म भुवाचाली खेल प्रतियोगिता पनि आयोजना गर्ने भएको छ।

प्रकाशित: २६ पुष २०८० ८:१३ | Thursday, January 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast