सिफलमा धर्मभक्तको स्मृतिसभा

हिमाल प्रेस १३ माघ २०८० १३:५६ | Saturday, January 27, 2024
सिफलमा धर्मभक्तको स्मृतिसभा

काठमाडौँ- सहिद सप्ताह अन्तर्गत सहिद धर्मभक्त माथेमाले सहादत प्राप्त गरेका काठमाडौँको सिफलमा स्मृतिसभा गरिएको छ।

सहिद सप्ताह मूल समारोह समिति काठमाडौँ महानगरपालिकाको आयोजना प्रजातन्त्र प्राप्तिका लागि धर्मभक्त माथेमाले अमरत्व प्राप्त गरेको स्थानमा स्मृतिसभा गरिएको हो।

कामपाले यही माघ १० गतेदेखि माघ १६ गतेसम्म सहिद सप्ताह कार्यक्रम गर्दै आएको छ। सहिदको सालिकमा पुष्पगुच्छा अर्पण गर्दै कामपाको उपप्रमुख सुनिता डंगोलले नागरिक स्वतन्त्रताका लागि प्राण उत्सर्ग गर्ने सहिदको योगदानलाई भूल्न नहुने बताए।

उनले सहिद धर्मभक्तको नामबाट महानगरले मानवसेवा आश्रम बनाउने जानकारी दिए। विसं १९६६ आश्विन ९ गते काठमाडौँको ओमबहाल, नबहिलमा जन्मनुभएका माथेमालाई तत्कालीन सासकका विरुद्धमा गतिविधि सञ्चालन गरेको आरोपमा १९९७ कात्तिक २ गते पक्राउ गरिएको थियो।

उनलाई १९९७ माघ १३ गते काठमाडौँको सिफलमा ३१ वर्षको उमेरमा बकाइनोको रुखमा झुन्ड्याएर प्राणदण्ड दिइएको थियो।

प्रकाशित: १३ माघ २०८० १३:५६ | Saturday, January 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast