सिकागोमा गोली चल्दा दुई विद्यार्थीको मृत्यु

हिमाल प्रेस १३ माघ २०८० १९:१५ | Saturday, January 27, 2024
सिकागोमा गोली चल्दा दुई विद्यार्थीको मृत्यु सांकेतिक तस्बिर

सिकागो- सिकागोको मध्यक्षेत्रमा शुक्रबार भएको सशस्त्र झडपमा दुई विद्यार्थीको मृत्यु भएको सिकागो प्रहरी तथा अग्नि नियन्त्रकले बताएका छन्। शिकागो ट्रिब्यूनको रिपोर्ट अनुसार मृतक विद्यार्थीहरू १६ र १७ वर्षका थिए।

उनीहरूसहित विद्यालयका अन्य चार व्यक्तिहरू विद्यालयबाट फर्कँदै गर्दा दुई गाडीमा आएका केही व्यक्तिहरूको समूहले गाडीबाट झरेर गोली हानेका थिए।

मृतकलाई छातीमा गोली हानिएको र उनीहरूलाई गम्भीर अवस्थामा नर्थवेस्टर्न मेमोरियल अस्पतालमा लगेको केही समयपछि मृत घोषिणा गरिएको शिकागो फायर डिपार्टमेन्टका प्रवक्ता ल्यारी ल्याङफोर्डकाे भनाइ छ। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार अप्रिल २०२३ मा शिकागोको मध्यक्षेत्र दुई किशोरहरूलाई गोली हानिएको थियो भने एक वर्षअघि मिलेनियम पार्कको बीन मूर्तिकला नजिकै १६ वर्षीय बालकको गोली हानी हत्या गरिएको थियो। रासस/सिन्ह्वा

प्रकाशित: १३ माघ २०८० १९:१५ | Saturday, January 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast