साहारा एकेडेमीलाई लुम्बिनी विकास बैंकको आर्थिक सहयोग

हिमाल प्रेस ५ माघ २०८० १४:०४ | Friday, January 19, 2024
साहारा एकेडेमीलाई लुम्बिनी विकास बैंकको आर्थिक सहयोग

काठमाडौँ– लुम्बिनी विकास बैंकले साहारा एकेडेमी पोखराद्वारा पोखरा– १७ दोबिल्लामा सञ्चालित साहारा फुटबल एकेडेमीलाई दुई लाख ४४ हजार आठ सय रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको छ।

बैंकका सञ्चालक समितिका सदस्य रामचन्द्र सिग्देलले साहारा क्लबका अध्यक्ष केशवराज बराललाई उक्त रकमको चेक हस्तान्तरण गरेका बैंकले जनाएको छ। सिग्देलले साहारा एकेडेमीमा आश्रित बालबालिकालाई सहयोग गर्न पाउनु खुसीको कुरा रहेको बताए।

क्लबका अध्यक्ष बरालले सहयोग रकम एकेडेमीमा आश्रित बालकहरुको खाजा र खानाका लागि खर्च गरिने बताए। कार्यक्रममा बैंकका पोखरास्थित शाखाहरुका प्रवन्धकहरु, क्लबका निवर्तमान अध्यक्ष हरिराम गुरुङ र पूर्वअध्यक्ष विक्रम थकालीलगायतको उपस्थिति थियो। बैंकले विगतदेखि नै क्लबलाई आर्थिक सहयोग गर्दै आएको प्रमुख कार्यकारी अधिकृत नरेशसिंह बोहराले बताए।

प्रकाशित: ५ माघ २०८० १४:०४ | Friday, January 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast