श्रीमतीलाई खुकुरी प्रहार गरेर भागेका असफल प्रहरीको नियन्त्रणमा

हिमाल प्रेस २८ पुष २०८० १०:१६ | Saturday, January 13, 2024
श्रीमतीलाई खुकुरी प्रहार गरेर भागेका असफल प्रहरीको नियन्त्रणमा

फिदिम- श्रीमतीको हत्या गरी सासू र छिमेकी दुई जनालाई खुकुरी प्रहार गरी घाइते बनाएर बेपत्ता भएका एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मिक्लाजुङ ३ स्थित माइती घरमा रहेकी श्रीमती गोमा फियाकलाई हत्या गरी सासू कान्छिमाया र छिमेकी महेन्द्र श्रेष्ठलाई खुकुरी प्रहार गरेर फरार रहेका तुम्वेवा ४ निवासी असफल कुरुम्वाङलाई प्रहरीले बिहीबार पक्राउ गरेको पाँचथरका प्रहरी निरीक्षक दिवस कुँवरले जानकारी दिए।

कुरुम्वाङले पुस २६ गते साँझ ८ बजे घरायसी विवादमा मिक्लाजुङ गाउँपालिका ३ आरुबोटेकी स्थित माइती घरमा रहेकी ३५ वर्षीया श्रीमती गोमा फियाकको खुकुरी प्रहार गरी हत्यासँगै छिमेकी महेन्द्र श्रेष्ठ र सासू आमा कान्छिमाया फियाकलाई घाइते बनाएर बेपत्ता भएका थिए।

घाइतेको झापा स्थित बी एन्ड सी अस्पताल झापामा उपचार हुँदैछ। कुरुम्वाङ दम्पती बीच पहिल्यैदेखि मेलमिलाप नभएको बताइएको छ। विवाद मिलाउन बसेका बखत खुकुरी प्रहार भएको थियो।

प्रकाशित: २८ पुष २०८० १०:१६ | Saturday, January 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast