सानिमा रिलायन्स लाइफको अध्यक्षमा केडिया

हिमाल प्रेस १५ माघ २०८० ११:५९ | Monday, January 29, 2024
सानिमा रिलायन्स लाइफको अध्यक्षमा केडिया

काठमाडौँ- सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको सञ्चालक समितिको अध्यक्षमा रतन लाल केडिया नियुक्त भएका छन्। सञ्चालक समिति बैठकले केडियालाई सञ्चालक समितिको अध्यक्षको रूपमा नियुक्त गरेको थियो।

सञ्चालकहरु रतनलाल केडिया, कुमार प्रसाद कोइराला, भरत कुमार तोदी, डा. सुवर्ण दास श्रेष्ठ, केशव राज केसी र परिक्षीत खेम्का मध्येबाट उनलाई समितिले छानेको हो।

उनी माघ ११ गते बसेको इन्स्योरेन्सको छैटौँ वार्षिक साधारण सभाबाट निर्विरोध निर्वाचित भएका थिए।

गोपनीयताको शपथ ग्रहण गरी अध्यक्षको पदभार ग्रहण र साथै अन्य सञ्चालकहरुले सञ्चालक समितिका अध्यक्ष समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरी सञ्चालकको पदभार ग्रहण गरेका थिए।

प्रकाशित: १५ माघ २०८० ११:५९ | Monday, January 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast