फाइल तस्बिर।
काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहिद दिवसको प्रेरणालाई भुल्न नहुने बताएका छन्।
सहिद दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले युगलाई जहानियाँ राणा शासनको अँध्यारोबाट प्रजातन्त्रको उज्जालो दिन जीवन अर्पण गरेका चार सहिद प्रति नमन व्यक्त गरेको छ।
प्रजातन्त्र, नागरिक अधिकार र स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा तत्कालीन राणा शासकले मृत्युदण्ड दिएका थिए।
आज देशभर विभिन्न कार्यक्रम गरी सहिद दिवस मनाइँदैछ।
प्रकाशित: १६ माघ २०८० १०:२४ | Tuesday, January 30, 2024
प्रतिक्रिया



