सहिद दिवसको अवसरमा विद्यालयमा वक्तृत्वकला कार्यक्रम गर्न निर्देशन

हिमाल प्रेस १५ माघ २०८० १०:०९ | Monday, January 29, 2024
सहिद दिवसको अवसरमा विद्यालयमा वक्तृत्वकला कार्यक्रम गर्न निर्देशन प्रतिनिधिमूलक तस्बिर

काठमाडौँ- बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालय शिक्षा विकास निर्देशनालयले सहिद दिवसको अवसरमा विद्यालयमा वक्तृत्वकला कार्यक्रम गर्न १३ जिल्लाका शिक्षा विकास तथा समन्वय एकाईलाई परिपत्र गरेको छ।

निर्देशनालयले बागमती प्रदेशका जिल्लाहरू काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप, सिन्धुली, दोलखा, मकवानपुर, चितवन, धादिङ, नुवाकोट र रसुवाका विद्यालयमा नेपालका ज्ञात अज्ञात सहिदको सम्झनामा भोलि माघ १६ गते वक्तृत्वकला कार्यक्रम गर्न अनुरोध गरेको हो।

‘सामाजिक विकास मन्त्रालयको मिति २०८०/१०/०७ को पत्रानुसार सहिद दिवस, २०८० भव्यताका साथ मनाउने सन्दर्भमा मिति २०८०/१०/०४ गते मा.आन्तरिक मामिला तथा कानुन मन्त्रीज्यूको अध्यक्षतामा बसेको बैठकको निर्णयानुसार २०८० माघ १६ गते प्रदेशभरका सम्पूर्ण माध्यमिक विद्यालयमा नियमित शैक्षिक क्रियाकलापका अतिरिक्त नेपालका ज्ञात अज्ञात सहिदहरूको योगदानबारे वक्तृत्वकला सञ्चालन गर्ने र सो विषयमा आवश्यक निर्देशन एवम् पत्राचार गर्ने भनी पत्र प्राप्त भएकाले तहाँ जिल्ला भित्रका सबै माध्यमिक विद्यालयहरूमा वक्तृत्वकला सञ्चालन गर्न निर्देशानुसार अनुरोध छ,’ पत्रमा उल्लेख छ।

प्रकाशित: १५ माघ २०८० १०:०९ | Monday, January 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast