सहिदकै कारण हामी रैतीबाट नागरिक भयौ : विद्यादेवी भण्डारी

हिमाल प्रेस १६ माघ २०८० ७:५१ | Tuesday, January 30, 2024
सहिदकै कारण हामी रैतीबाट नागरिक भयौ : विद्यादेवी भण्डारी

काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले हामीले अहिले उपभोग गरिरहेको स्वतन्त्रता र नागरिक अधिकार विगतमा सहिदको बलिदानको प्रतिफल भएको बताएकी छन्।

सहिद दिवस २०८० को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले सहिदको बदिलानकै कारण स्वाधीन र सार्वभौमसत्ता सम्पन्न राष्ट्र नेपालको स्वतन्त्र नागरिकका रूपमा उँचो शिर लिएर बाँच्न पाएको उल्लेख गरिन्।

पूर्वराष्ट्रपति भण्डारीले सहिदको बलिदानद्वारा प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको रक्षा गर्दै दिगो शान्ति, सुशासन, विकास र समृद्धिको लक्ष्य पूरा गर्नेतर्फ सबै अग्रसर हुनु नै सहिदप्रति सच्चा श्रद्धान्जली हुने बताइन्।

निरंकुश र तानाशाही शासन व्यवस्थाको स्मरण गर्दै उनले पहिलाका दिनमा हामी ‘नागरिक’ हैन ‘रैती’को रूपमा शिर झुकाएर बाँच्न विवश भएको उल्लेख गरे।

उनले न्यायपूर्ण, समतामूलक, सभ्य एवं सुसंस्कृत समाजका साथै समृद्ध राष्ट्र बनाउने सहिदको सपनालाई मूर्त रूप दिन आ–आफ्नो तर्फबाट इमान्दारीताका साथ भूमिका खेल्नुपर्ने बताइन्।

प्रकाशित: १६ माघ २०८० ७:५१ | Tuesday, January 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast